Luniva Global
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन: ढकालको बिदाई, भट्टको स्वागत

कीर्तिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन: ढकालको बिदाई, भट्टको स्वागत

कीर्तिपुर नगरपालिकाले आज ऐतिहासिक फेरबदलको साक्षी रह्यो। २६औँ प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालको बिदाई तथा २७औँ प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको भव्य स्वागत कार्यक्रम कीर्तिपुर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

नेपाल सरकारले फागुन २१ गते ९२ उपसचिवहरूको सरुवा तथा पदस्थापनको निर्णय गरेअनुसार, कीर्तिपुरमा जिम्मेवारी सम्हालिरहेका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाललाई सर्लाहीको बागमती नगरपालिकामा सरुवा गरिएको छ। ढकालले ०८१ वैशाख २६ गते मात्र कीर्तिपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका थिए।

यसैक्रममा, कञ्चनपुरको वेदकोट नगरपालिकामा कार्यरत रामदत्त भट्ट लाई कीर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काज सरुवा गरिएको छ। भट्ट सँग लामो प्रशासनिक अनुभव छ, र उनको आगमनसँगै नगरपालिकामा नयाँ योजनाहरू अघि बढ्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको नेतृत्व परिवर्तनसँगै कीर्तिपुरवासीले प्रभावकारी प्रशासन र समृद्ध नगर निर्माणको आशा राखेका छन्।

तस्विर ः नविन जोशी

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू