Luniva Global
Homeशिक्षापूर्वराष्ट्रपति यादवद्वारा ‘तारापति स्मृतिग्रन्थ’ विमोचन

पूर्वराष्ट्रपति यादवद्वारा ‘तारापति स्मृतिग्रन्थ’ विमोचन

काठमाडौँ, १७ साउनः पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘तारापति स्मृतिग्रन्थ’ को विमोचन गर्नुभएको छ । तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा उहाँले यस्ता कृति इतिहास बुझ्न चाहनेका लागि दस्ताबेजका रूपमा उपयोगी हुने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति डा यादवले इतिहास र समाजमा गहिरो छाप छोडेका व्यक्तित्वहरूको योगदान भावी पुस्ताले जान्न जरुरी रहेको बताउँदै भन्नुभयो, “इतिहास बुझ्न र मार्गदर्शनका लागि यस्ता स्मृतिग्रन्थहरू अमूल्य दस्ताबेजका रूपमा रहनेछन् ।” स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तारापति भट्टराईको सरल जीवनशैली, सिद्धान्तप्रतिको निष्ठा र जनप्रतिनिधिका रूपमा जनसरोकारप्रतिको समर्पणको चर्चा गर्नुभयो । पूर्वमन्त्री अर्जुनरसिंह केसीले भट्टराईको राजनीतिक यात्रामा पञ्चायतकालीन आन्दोलनमा अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले स्व तारापति भट्टराईको योगदान, स्मृति संरक्षणको उद्देश्य तथा ग्रन्थ प्रकाशनको पृष्ठभूमिबारे जानकारी दिनुभएको थियो । कार्यक्रमका वक्ताहरूले भट्टराईलाई सादगी, इमान्दारिता र जनतासँगको आत्मीय सम्बन्धका प्रतीकका रूपमा स्मरण गर्नुभयो । उहाँहरूले तनहुँको राजनीतिक, सामाजिक र ऐतिहासिक योगदानलाई पुनःस्मरण गराउने महत्त्वपूर्ण अवसरका रूपमा समारोह रहेको धारणा राख्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू