Luniva Global
Homeमनोरन्जन‘पवित्र ठाउँ मुक्तिनाथ’ सार्वजनिक

‘पवित्र ठाउँ मुक्तिनाथ’ सार्वजनिक

काठमाडौँ, २० साउन : गायक तथा सङ्कलक सुजन बराइलिको ‘पवित्र ठाउँ मुक्तिनाथ’ भजन सार्वजनिक भएको छ । सो गीतलाई आज सुजन बराइली युट्युब च्यानलमार्फत सार्वजनकि गरिएको हो । गीतमा गायक बराइली र गायिका निर्जला गुरुङको स्वर रहेको छ । गीतमा लय शिव अखेलीको, सङ्गीत संयोजन कुमार केसीको र एरेन्जर रमेश सेन्चुरीको रहेको छ । साउन महिनामा विशेषगरी महिलाहरूले व्रत बस्ने, पूजापाठ तथा भजनकीर्तन गर्ने परम्परालाई मध्यनगर गर्दै भजन गीत बजारमा ल्याएको गायक बराइलीले जानकारी दिनुभयो । गीतमा जीवन दर्शन, भक्ति, मठमन्दिर र पुजापाठलाई दर्शाउन खोजिएको छ । गायक बराइलीे ‘मल्लाज दरबार’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘सम्भफना जन्मभूमिको’, ‘रोटी गुलियो’, ‘बोलाइ पासो भो’, ‘जिउन सिकायो’ ‘भोकले मरिन्छ कि शोकले’ ‘मत तिम्रै भलो चिताउँछु’ र ‘सुन सरकार सुन’ लगायत दुई दर्जनभन्दा बढी गीत सिर्जना गर्नुका साथै आफ्नो स्वर दिनुभएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू