Luniva Global
Homeकाठमाडौंजमलमा चार सवारीसाधन ठोक्किँदा मोटरसाइकलमा आगलागी

जमलमा चार सवारीसाधन ठोक्किँदा मोटरसाइकलमा आगलागी

काठमाडौँ । काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि दुई वटा भ्यान र दुई वटा दुई पांग्रे सवारी आपसमा ठोक्किएका छन् । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कुरियर भ्यान, केशरमहलतर्फ जाँदै गरेको ५३८१ नम्बरको स्कुल भ्यान र जमलतर्फ जाँदै गरेको बागमती प्रदेश ३९६७ नम्बरको विद्युतीय स्कुटर मंगलबार एकआपसमा ठोक्किएका हुन् ।

जमलबाट केशरमहल तर्फ जाँदै बा.३५ प ९१४४ नम्बरको मोटरसाइकल पनि ठोक्किएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । स्कुल भ्यान जमलबाट केशरमहल तर्फ जाँदै थियो । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।एक जना महिलालाई  उपचारको लागि ट्रमा सेन्टर पठाइएको र  ३ जनाको जमल स्थित ग्रान्डीसिटीमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । मोटरसाइकल पूर्ण रूपमा जलेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू