Sunrise appliances
Homeअर्थतन्त्रसानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर MDRT हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्।् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण MDRT हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई समेत गरेको छ ।


एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ । सन् २०२२ का लागि नेपाललबाट ःम्च्त् मा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू