Sunrise appliances
Homeअर्थतन्त्रदेउराली सहकारीले गर्यो रकम हिनामिना, १४ जना दोषी

देउराली सहकारीले गर्यो रकम हिनामिना, १४ जना दोषी

ललितपुरको सातदोवाटोमा कार्यालय खडा गरेर सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा १४ जना संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले प्रतिवेदन बुझाएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाउदै काभ्रेको चौँरी देउरालीका रविन्द्र चौलागाई,सहकारीका ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसीसहित १४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको हो ।
प्रहरी अधिकारीका अनुसार ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ हिनामिना भएको प्रतिवेदनमा उल्येख छ ।
सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं गत असोज १५ गते बचतकर्ताको रकम हिनामिनाको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले केही समयपछि सहकारीका ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी समेत पक्राउ गरेर थुनामा राखेको थियो ।
अध्यक्ष सहित सहकारीका अधिकारीहरु पक्राउ परेपछि बचतकर्ताहरुलाई बचत मागदाबी सहित निवेदन दिन आह्वान गरिएको थियो । सीआईबीमा ५ सय ५० जना निक्षेपकर्ताले दर्ता गराएका २ सय १ वटा उजुरीको आधारमा २ अर्ब २० करोड ९२ लाख निक्षेप जोखिममा परेको प्रतिवेदनमा उल्येख छ ।
अध्यक्ष चौलागाईले चढ्ने गरेको टोयोटाको ल्याण्डक्रुजर ‘टि एक्स’ गाड २ करोड ८३ लाख मूल्यको गाडी समेत प्रहरीले बरामद गरेको छ । अध्यक्ष चौलागाईले सहकारीको रकमबाट े १ सय २ रोपनी जग्गामा लगानी गरेको खुलेको छ ।
घर जग्गा व्यावसायमा गत वर्षको असार महिनादेखि मन्दि आएपछि सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेको थिएन ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू