Sunrise appliances
Homeअर्थतन्त्रहिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि हिमालयन रिइन्स्योेन्सले फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले मात्र कम्पनीहरुले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। 

हिमालयन रि इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको वार्षिक साधारणसभा फागुन २० गते काठमाडौं पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको वार्षिक साधारणसभा फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजेबाट सुरु हुनेछ। 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू