Sunrise appliances
Homeअर्थतन्त्रसुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार चार सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार चार सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू