Sunrise appliances
Homeअर्थतन्त्रसुनको मूल्य तोलामा २७ सयले घट्यो

सुनको मूल्य तोलामा २७ सयले घट्यो

काठमाडौँ, ९ असार : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू