थानकोट,नेपालगन्ज,र दाङ डिपोको चौहदी मिलान गर्न नेपाल आयल निगमले वरिपरीको जग्गा अधिग्रहण गर्ने योजना पेश गरेको छ। नयाँ आर्थिक वर्ष २०८१÷८२ को निति क्रार्यकमको मस्यौदा सन्चालक समितिमा पेश गरिएको छ ।साथै थानकोट डिपो हाताभित्र पेट्रोल भण्डार गृह थप्ने योजना समेत अघि सारेको हो। निगमले भण्डार क्षमता वृद्घि,चुहावट नियन्त्रण, डिजिटल कारोबार साथै एप्स र सफटवेयरबाट पेट्रोलपम्प तथा टयांकरको नियन्त्रण लगायतका कार्य अघि बढाउने जसले निगमको सरकारी निति क्रार्यकमलाई सघाउ पुग्ने जनाइएको छ।