Luniva Global
Homeअर्थतन्त्रबनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक, ६ असार : यहाँको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो । शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनार्थ सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिने तथा किसान परिचयपत्रलगायत व्यवस्था उल्लेख छ । दाहालको आर्थिक विधेयकमा भने बनेपा नगरमा करको दायरामा नआएका करदाताको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख गरिएको छ । बिहीबार धुलिखेल नगरले आफ्नो १७औँ सभामा रु एक अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट पारित गरेको थियो । सो सभामा विनियोजन विधेयक २०८२ का साथै वार्षिक नीति तथा कार्यक्रम २०८२, आर्थिक विधेयक २०८२, धुलिखेल नगरको स्थिति समीक्षा २०८२ र धुलिखेल नगरको लेखा समिति गठन र सञ्चालन नियमावली २०८२, धुलिखेल नगरको जग्गा विकास निर्देशिका २०७८ संशोधन २०८२, धुलिखेल नगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ संशोधन २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू