Sunrise appliances
Homeभक्तपुरबालिका बलात्कारको अभियोगमा पिखेलबाट ४९ वर्षीय एक पुरुष पक्राउ

बालिका बलात्कारको अभियोगमा पिखेलबाट ४९ वर्षीय एक पुरुष पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलबाट नाता पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षीय सोम बहादुर स्याङतान रहेका छन् ।

सिन्धुली घर भएका स्याङतान दुवाकोट स्थित एक इट्टा भट्टामा काम गर्ने मजदुर हुन् । नाता पर्ने १६ वर्षीया बालिकालाई उनले सोमबार आफ्नो झ्याउलीमा लगी जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी निरीक्षक किसोर ढुंगानाले जनाएका छन् । सोमवार साँझबाट हराइरहेकी बालिका मंगलवार भेटिएपछि घटना थाहा भएको प्रहरीको भनाइ छ ।

पिखेलबाट पक्राउ परेका स्याङतानलाई जवरजस्ती करणी मुद्दामा बुधवार पाँच दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक किसोर ढुंगानाले बताएका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू