Sunrise appliances
Homeभक्तपुरडोलेश्वरमा महायज्ञ

डोलेश्वरमा महायज्ञ

भक्तपुर, २५ पुस : केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ ।

बागमति प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताए। उनले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिए ।

भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताए । त्यसयता नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उनको भनाइ थियो ।

महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आउनु भएका दुई सय पाँच जना भक्तजनलाई समितिले निःशुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू