Sunrise appliances
Homeभक्तपुरभक्तपुरमा आठौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

भक्तपुरमा आठौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

भक्तपुर, ९ चैत : नव वर्ष २०८१ को अवसरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०/८१’ आयोजना गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव यही चैत २२ गतेदेखि आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डले संयुक्तरुपमा महोत्सवको आयोजना गरेको आयोजक संस्था औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । महोत्सव भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने आयोजक संस्थाका अध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, अटोमोबाइल, खानाका परिकार, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स लगायतका स्टल रहनेछन् ।

औद्योगिक प्रदर्शनीमा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, कृषि तथा हस्तकलाका सामग्री, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार लगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू