Sunrise appliances
Homeमुख्य समाचारराष्ट्रिय उपभोक्ता मञ्चद्वारा संस्थागत अभिमुखीकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा संस्थागत अभिमुखीकरण कार्यक्रम सम्पन्न

उपभोक्ता सचेतनामा सक्रिय हुन अध्यक्ष प्रेमलाल महर्जनको निर्देशनमा नेपालमा विगत दुई दशकदेखि उपभोक्ता हकहित र अधिकारका पक्षमा आवाज बुलन्द गर्दै आएको राष्ट्रिय उपभोक्ता मञ्च, नेपालले दुईदिने संस्थागत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पुस २६ र २७ गते नगरकोटमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा मञ्चका केन्द्रीय, जिल्ला र नगर समितिका पदाधिकारीहरु ग्रि ५० जनाको सहभागिता रहेको थियो ।

दोस्रो दिन आज शुक्रवार सम्पन्न भएको कार्यक्रमको समापनमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुहु‘दै संस्थापक अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले संस्था स्थापनाको १८ वर्षमा उपभोक्ता हकहित र अधिकारी संरक्षणको सवालमा विभिन्न स्तरमा थुप्रै उपलब्धी र प्रगति हासिल गरेको बताउँदै मातहतका समितिहरु पनि उपभोक्ता सचेतनाको पक्षमा सक्रियरुपमा लाग्न निर्देशन दिए ।

दुईदिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष प्रेमलाल महर्जन, उपाध्यक्ष एवं अधिवक्ता पुष्पराम पौड्याल र वरिष्ठ खाद्य अनुसन्धानविज्ञ सोभिता श्रेष्ठलगायतले मञ्चको संस्थागत संरचना र भूमिका, उपभोक्ता हकहित संरक्षण र अधिकारको पक्षमा कानुनी ब्यवस्थाका साथै खाद्य अनुगमनमा पु¥याउनुपर्ने प्राविधिक र ब्यवहारिक ज्ञानको बारेमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र महोत्तरी जिल्ला र कीर्तिपुर, चन्द्रागिरी र महालक्ष्मी नगर समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू