Sunrise appliances
Homeमुख्य समाचारनेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस राप्ती नदीमा खस्दा चारको मृत्यु

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस राप्ती नदीमा खस्दा चारको मृत्यु

जानकी (बाँके), २८ पुसः नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा चार यात्रुको मृत्यु भएको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा हालसम्म चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिए।

प्रहरी प्रमुख केसीका अनुसार घाइते २० यात्रुलाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको छ । मृतक र घाइतेहरुको भने पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार जारी राखेको प्रहरी उपरीक्षक केसीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू