Sunrise appliances
Homeमुख्य समाचारकाठमाँडौको स्थानिय सरकारमा निर्वाचित १ सय ४९ मध्ये मात्र ३ महिला वडाअध्यक्षहरु...

काठमाँडौको स्थानिय सरकारमा निर्वाचित १ सय ४९ मध्ये मात्र ३ महिला वडाअध्यक्षहरु नेतृत्वमा

सानुमैंया महर्जन, सुमित्रा पाण्डे त्रिपाठी र शान्ता खनाल,आधा आकासको रुपमा लिइने महिलाहरुको उपस्थिति पछिल्लो समय राजनीतिमा पनि उल्लेख्य देखिन थालेको छ । संविधानले खुल्ला वर्गीय र अनिवार्य गरि ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेपछि चुलाचौकामा ब्यस्त महिलाहरु विभिन्न क्षेत्रमा अग्रपंक्तिमा देखिन थालेका छन् । ०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राजधानी काठमाडौं जिल्लामा राज्यले ग्यारेन्टी गरेको ३३ प्रतिशत मापदण्डभन्दा पनि माथि पार्टीबाट टिकट पाई वडाअध्यक्ष पदमा तीन महिलाहरु विजयी भई कार्यरत रहेको देशज न्युज डेस्कको खोजमा भेटिएको छ ।

जिल्लाका ११ वटा पालिकाहरुमध्ये कीर्तिपुर, टोखा र बुढानीलकण्ठ नगरपालिकाका तीन महिला वडा अध्यक्षहरुको अर्को संयोग तीनजनाको नाम पनि ‘स’बाट जुरेको छ । कीर्तिपुर ८ की सानुमैंया महर्जन, टोखा ६ की शान्ता खनाल र बुढानीलकण्ठ ९ की सुमित्रा पाण्डे त्रिपाठी ती महिला वडा अध्यक्षहरु हुन् । सानुमैंया र शान्ता नेपाली कांग्रेसबाट जितेकी हुन् भने सुमित्रा नेकपा एमालेबाट विजयी भएकी हुन् ।

निर्वाचन आयोगद्वारा सार्वजनिक मत परिणामअनुसार कीर्तिपुर ८ वडाकी अध्यक्ष सानुमैंया महर्जन ५ सय ६५, तोखा ६ वडाकी अध्यक्ष शान्ता खनालले १ हजार ७५ र बुढानीलकण्ठ ९ की अध्यक्ष सुमित्रा पाण्डे त्रिपाठीले ९ सय ४८ मत प्राप्त गरि विजयी भएको उल्लेख छ । तीनै महिला जनप्रतिनिधि नेतृहरुलाई देशज न्युजडटकमको तर्फबाट हार्दिक बधाई र सफल कार्यकालकाे शुभकामना

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू