Sunrise appliances
Homeमुख्य समाचारकिर्तिपुर नगरपालिकाको चौथो नगर सभा सम्पन्न

किर्तिपुर नगरपालिकाको चौथो नगर सभा सम्पन्न

किर्तिपुर नगरपालिकाले चौथो नगर सभा सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिकाद्वारा गत आ।व।को २०८० असार १७ गते बसेको तेस्रो नगर सभाबाट कार्यपालिकामा प्रत्यायोजित संशोधनको अघिकारअनुरुप २०८० असोज १४ मा बसेको कार्यपालिका बैठकले प्रमाणिकरण गरी कार्यान्वयनमा आएको संशोधित सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० विषयको डिजाइनरहरुसंग अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मापदण्ड परिमार्जन समितिका संयोजक एवं २ वडा अध्यक्ष ई। रुपेश महर्जनको अध्यक्षतामा उपप्रमुख शुभलक्ष्मी शाक्यबाट शुभारम्भ गरिएको कार्यक्रममा नक्सा शाखा प्रमुख ई। सुरज ओझाले संशोधित मापदण्डका बारेमा डिजाइनरहरुलाई अभिमुखीकरण गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले परिमार्जित मापदण्डका बारेमा डिजाइनर र कर्मचारीहरुलाई जानकारी गराउनुका साथै सहज र सरल सेवाप्रवाह होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू