आफू प्रहरी भएको धाक, धम्कि देखाई कीर्तिपुर ६ र ७ वडाको चोभार र ईटागोलका स्थाननीयलाई ठग्दै हिँडेको स्थानीयको उजुरीपछि हिजो राती सवा ८ बजे कीर्तिपुर प्रहरी टोलीले २४ वर्षीय प्रविणकुमार रावललाई नियन्त्रणमा लिएको छ । स्थानीय पिडीतहरूले दिएको सूचनाका आधारमा डिएसपी राजु लामाको कमाण्डमा गएको प्रहरी टोलीले दार्चुला घर भई कीर्तिपुर ७ ईटागोलमा भाडामा बस्दै आएका निज रावललाई पक्राउ गरेको बुझिएको छ । आफू सिभिल प्रहरी ईन्स्पेक्टर भएको भन्दै टोल, बस्तिमा पैसा माग्ने र पसलहरूमा उधारो खाने गर्दै आएको स्थानीयको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।