उपत्यकाकाे वागमती नदि किनारकाे जग्गा अतिक्रमित र अब्यवस्थित बन्दै कीर्तिपुरमा वागमती बचाअाैं नागरिक अभियान सुरू गरिएकाे छ । हिजाे माघ २० गते शनिवार बिहान कीर्तिपुरवासी नागरिक अभियन्ताहरू नदि किनारमा उभिएर खबरदारी गरे । नागरिक अभियानमा ललितपुर र काठमाडाैंका अभियन्ताहरूकाेसमेत सहभागिता रहेकाे जनाएकाे छ । भेला भएका नागरिक अभियन्ताहरूले कीर्तिपुरकाे सुन्दरीघाट वागमती किनारमा बसाेवास गर्दै अाएका सुकुम्वासीहरूलाई त्यहाँबाट हट्न खबरदारी गरिएकाे अभियानका संयाेजक संचारकर्मी विरेन्द्र शाक्यले देसज् न्युजलाई जानकारी दिए ।