Sunrise appliances
Homeकृषिआँप फुट्ने समस्या हैरान हुनुहुन्छ ? समाधानको उपायबारे जानौ

आँप फुट्ने समस्या हैरान हुनुहुन्छ ? समाधानको उपायबारे जानौ

आँप तथा लित्ची तथा अन्य फलमा अब फल फुट्ने समस्या देखिन सक्छ । यसरि फल फुट्ने समस्याको कारण फलको गुणस्तर तथा थप रोग तथा किराको समेत सक्रमण बढ्छ भन्ने बुझ्नु पर्ने हुन्छ । खासमा लामो समयसम्म खडेरी अनि बर्षात हुँदा यो समस्या देखा पर्ने गर्दछ भने माटोमा क्याल्सियम र बोरनको कमि हुदा पनि यो समस्या हुन्छ तसर्थ यसको नियन्त्रणको लागि सुक्खा मौसममा बिरुवाको फेद वरिपरि सिंचाई गरिदिनु , बजारमा पाइने बोरेक्स अप्रिल १५ देखि प्रति लिटर ४ ग्रामको हिसाबले बोटमा छर्किनु पर्दछ भने, जमिनमा प्रयोग गर्ने हो भने प्रति हेक्टर ५ के जीको दरले बोरेक्स छर्न समेत सकिन्छ । हाल बजारमा प्लानोफिक्स नामक भिटामिन जसमा करिब ४.५ प्रतिशत अल्फा नेप्ताइल एसिटिक एसिड रहेको हुन्छ यो १ एम मल प्रति ३ लिटर पानीमा मिसाई छर्दा फल फुट्ने समस्या रोकिन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू