Sunrise appliances
Homeकृषिरायो साग बेची ३ करोड आम्दनि

रायो साग बेची ३ करोड आम्दनि

कुनै समय दोलखाको मकैबारीमा परम्परागत खेतीले वर्षमा तीन महिना धान्न मुस्किल पर्थ्यो । तर, अहिले यहाँका किसानको दैनिकी मात्र होइन गाउँको परिचय नै फेरिएको छ । भीमेश्वर नगरपालिका- ७ मकैबारी स्थिति बेमौसमी तरकारीका लागि लोकप्रिय छ । दोलखाको भीमेश्वरमा पर्ने गाउँ मकैबारीमा वर्षमा तीनवटा चक्रमा नगदे बाली लगाइन्छ । डेढ सय भन्दाबढि किसानको बारीमा यतिखेर बेमौसमी रायोको साग टिप्ने चटारो छ । यहि गाउँका ४० भन्दाबढि युवाहरू माटोमा भविष्य देखिरहेका छन् । मकैबारीबाट यो वर्ष तीन करोड बराबरको रायोको साग बिक्री हुने अनुमान छ । बेमौसमी रायोको सागबाट हरेक किसानले एक देखि दश लाखसम्म आम्दानी गर्छन् । मकैबारीबाट रायोको साग काठमाडौंस्थित कालीमाटी तरकारी बजार र तराई निर्यात हुने गरेको छ । तीन पटकसम्म टिप्न मिल्ने रायोबाट व्यावसायिक किसानले राम्रै लाभ लिइरहेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू