Sunrise appliances
Homeमुख्य समाचारबेवारिसे गहना, गहनाधनी लाई हस्तान्तरण

बेवारिसे गहना, गहनाधनी लाई हस्तान्तरण

प्रहरी प्रभाग बलम्बुले गएराति सतुगंलमा बेवारिसे अवस्थामा फेला पारेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रभाग बलम्बुबाट खटिएको गस्ती टोलीले गए राति करिब ११ः३० बजे सतुगंल खरिबोटस्थित प्रतिक्षालयमा बेवारिसे अवस्थामा झोला भेटेपछि सो को चेक जाँच गर्दा गरगहना फेला परेको थियो ।उक्त झोला जाँच गर्दा झोलाभित्र सुन तथा चाँदीका गरगहनाहरू र नेपाल सिपिङ एट एयर लजिस्टिक्स प्रालिको दीपक भुजेल नामको आइयेन्टिटी कार्ड फेला परेको हुँदा उक्त कार्डमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो।

फेला परेका सामग्रीहरूमा सुनको तिलहरी थान–१, सुनको कानमा लगाउने टप थान–२, चाँदीको औँठी थान–२ र आई कार्ड काभ्रे घर भएका ४२ वर्षीय दीपक भुजेललाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू