Sunrise appliances
Homeमुख्य समाचारदर्शन सहकारी अनिश्चितकालीन बन्द गरी, कम्पनीकाे गाडी ४ लाखकाे अक्सनमा

दर्शन सहकारी अनिश्चितकालीन बन्द गरी, कम्पनीकाे गाडी ४ लाखकाे अक्सनमा

किर्तिपुरको नगाँउ स्थित दर्शन सहकारीले एक प्रेस विज्ञप्ति निकाल्दै सहकारी अनिश्चितकालीन बन्द हुने बताएको छ । केही दिन अघि मात्र दर्शन सहकारीको कार्यालयमा बचतकर्ताहरुले धर्ना दिन थालेपछि सहकारीकै कार्यालयमा जेठ १३ गतेका दिन दर्शन सहकारी र वचतकर्ता बीच सहमति भएको थियो । पुर्खौली सम्पत्ति बेचबिखन गरी भएपनि बचतकर्ताहरुको बचत फिर्ता गर्न सहकारीका संञ्चालकहरु तयार भएका थिए र सञ्चालक, कार्यरत कर्मचारीहरुका सम्पति विवरण बागमती प्रदेशका सहकारी मन्त्रालयमा बुझाउने समेत सहमत भएका सहकारी सञ्चालकले आज एकास्सी सहकारी अनिश्चितकालीन बन्द हुने विज्ञप्ति आए पछि पिडितलाई ठगेको दर्शन सहकारी पिडित र संघर्ष समितिका संयाेजक कञ्चन महर्जनले बताए । साथै सहकारीले आफ्नो कम्पनीको नाममा रहेको गाडी पनि अक्सनमा राखेको बताइएको छ । सहकारीले अाश्वासन दिए बमाेजिम काम नभएपछि अब राज्यलाइ घचघच्याउनका लागि जिल्ला प्रशासनमा उजुरी दिने पनि बताएका छन् ।

सम्बन्धित लेखहरू

1 COMMENT

  1. विश्वास भनेको एक पटक हुन्छ, पटक पटक धोका दिने मानिस यो संसारमा कहिं कतै जॅादा पनि सुख चैनले बस्नसकिन्दैन । जसले सानो कुरामा धोका दिन्त्यछ त्यसले ठूलो कुरामा झनै धोका दिन्छ । जसले कुकर्म छर्छ, उसले विनाशको कटनी गर्नेछ अनि उसको अत्याचारको लाठो भाँचिनेछ।l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू