Sunrise appliances
Homeमुख्य समाचारवडा ४ ले गर्‍यो कीर्तिपुरमै पहिलो चोटी प्रोष्टेट क्यान्सर र पाठेघरको मुख,...

वडा ४ ले गर्‍यो कीर्तिपुरमै पहिलो चोटी प्रोष्टेट क्यान्सर र पाठेघरको मुख, स्तन क्यान्सरको शिविरको आयोजना

कीर्तिपुर नगरपालिका स्थित वडा नं ४ ले श्री भगवानस्थान युवा क्लबमा निशुल्क पाठेघरको मुख, स्तन तथा प्रोष्टेट क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम आयोजना गरेको छ । वडा ले सो कार्यक्रम तुलसीमाया मेमोलियल क्यान्सर रिलिफ प्रतिष्ठानको पाठेघरको मुख,स्तन तथा प्रोष्टेट क्यान्सर स्क्रिनिङ्ग डिभिजन सँग संयुक्त रुपमा सहकार्य र प्रावधिक सहयोगमा आयोजना गरेको हो । स्क्रिनिङ्ग कार्यक्रममा महिला पुरुष दुबैको सहभागीता थियो । उपचारका लागी टिचिङ्ग अस्पतालबाट प्रोस्टेट क्यान्सरको युरोलोजी डिर्पाटमेन्टका चिफ डा.पवन चालिसेको नेतृत्वमा प्रोस्टेट चेकजाँच सम्पन्न गरिएको हो ।


प्रोस्टेट प्राय पुरुषहरुलाई वढी लाग्ने रोग हो । ४० वर्ष कटिसकेपछि प्रोस्टेट बढ्दै जान्छ । प्रोस्टेट क्यान्सर डिजिटल रेक्टल एक्जामिनेसन (डिआरई) बाट दुई वटा बेडमा राखेर गरिन्छ । प्रोस्टेट (डिआरई) र रगत जाँच गरेर पत्ता लगाइन्छ । अहिले सम्म महिलालाई हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका मात्र कार्यक्रम धेरै भए, पुरुषमा हुने प्रोस्टेट क्यान्सरका बारे खासै जनचेतना फैलिसकेको छैन, यस बारे थप चेतना फैलाउनका लागी तुलसी माया फाउन्डेसनले यसको स्क्रिनिङ कार्यक्रम सुरु गरेको हो । भविष्यमा किशोरीहरुलाई महिनावारी सुरु हुनु भन्दा अघि लगाइने एचपिभि (PHV) भ्याकसिन लगाउने तयारी रहको कार्यक्रम संयोजक सुमन तिवारीले बताए ।

क्यान्सर अहिले दिनहुँ वढ्दै गइरहेको छ । तिवारीका अनुसार र्सरभाइकल क्यान्सरलाई रोकथाम गर्ने पहिलो चरण भन्नुनै पत्ता लाग्ने बितिकै समयमा उपचार गर्नु हो, समयमै उपचार गरेमा यो निको हुन्छ । क्यान्सरको जाँच सँगसँगै पाठेघर झर्नेुको लागी रिङपेसरी र मासु पलाएको अवस्थामा मासु निकालेर बायोस्पीको लागी पठाइन्छ । त्यति मात्र नभई पाठेघरको मुखको क्यान्सरको जटिल समस्या भएकाहरुलाई पुलकोप्सी गरी अझ थप समस्या देखिएको खण्डमा सेकेर पठाउने सम्म गरीने र स्त्री रोग सम्बन्धी अन्य समस्याहरुको पनि चेक गरीएको छ ।


क्यान्सरको विश्वव्यापी अध्ययन २०२० को प्रतिवेदन अनुसार, ‘पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्युवरण गरिरहेका छन् ।’३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ । उहाँका अनुसार १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु जोखिम धेरै हुन्छ ।


स्क्रिनिङ कार्यक्रममा जम्मा जम्मी २४५ जनाको सेवाग्राही थिए । २१० जना महिलाहरुको पाठेघरको चेक जाँच गराएकोमा १७ जना महिलाहरु पोजेटिभ देखिएका थिए । ७ जना महिलाहरुको सेकाउने प्रक्रिया बाट उपचार भएको छ भने ४ जना महिलाहरुको स्याम्पल बायोस्पीलाई पठाइएको छ । १८९ जना महिलाहरुको स्तनको चेकजाँच गरिएको छ । ३३ जना पुरुषहरुको प्रोटेस्ट क्यान्सरको परिक्षण गरिएको छ र रिपोर्ट २ दिन पछि आउने कार्यक्रम संयोजकले बताएका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू