Sunrise appliances
Homeप्रदेशप्रदेश ३दही चिउरा सांस्कृतिक पर्वको रूपमा मनाइँदै

दही चिउरा सांस्कृतिक पर्वको रूपमा मनाइँदै

काठमाडौँ, १५ असार: असार १५ लाई हरेक वर्ष धान दिवसको रूपमा मनाइन्छ, जहाँ किसान खेतमा काम गरेर दही चिउरा खाई उत्सव मनाउँछन्। दही चिउरा खानाले शरीरमा शीतलता र शक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ। दही नेपाली संस्कृतिमा महत्वपूर्ण स्थान राख्छ र विभिन्न शुभकार्यहरूमा प्रयोग गरिन्छ।

वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यवर्धक मानिन्छ। दहीले पाचन शक्ति बढाउँछ र पखाला लागेका बेलामा औषधिको काम गर्छ। आयुर्वेदमा दही मथेर बनाएको मोहीलाई स्वास्थ्यका लागि लाभदायक बताइएको छ।

धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय पछि २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको हो। नेपाल कृषिप्रधान देश भएकाले किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतमा व्यस्त हुन्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपेर असार १५ मनाइन्छ।

यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएकाले धान रोपाइँ कम भएको छ र रासायनिक मलको अभावको गुनासो किसानले गरेका छन्। तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू