Sunrise appliances
Homeमुख्य समाचारराष्ट्रपति भवनमा धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम

राष्ट्रपति भवनमा धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम

काठमाडौँ, १५ असार: एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेललगायतको उपस्थिति थियो।

धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत । तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय

राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो। उहाँले पहिले देशमा धान बढी उत्पादन हुने र हाल धान आयात गर्नुपर्ने अवस्था आएको भन्दै सन्तुलित खानपानका लागि धान उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

असार १५ अर्थात धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल दही चिउरा कार्यक्रममा सहभागी हुँदै। तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय
सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू