Sunrise appliances
Homeमुख्य समाचारचितवनमा पहिरोले गणपति डिलक्स बस बगायो, ३१ यात्रुमध्ये १४ को नाम पहिचान

चितवनमा पहिरोले गणपति डिलक्स बस बगायो, ३१ यात्रुमध्ये १४ को नाम पहिचान

काठमाडौँ – आज बिहान काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-० ०१ख २४९५ नम्बरको गणपति डिलक्स बस चितवनको भरतपुर महानगरपालिका-२९ सिमलताल क्षेत्रमा पहिरोमा परेको छ। बसमा सवार ३१ यात्रुमध्ये १४ जनाको नाम पहिचान भएको छ।

उद्धार कार्यमा जुटेको प्रहरी स्रोतका अनुसार, दुर्घटनामा परेर ३ यात्रु केबिनबाट हामफालेर बच्न सफल भएका छन्। उनीहरूमध्ये रौतहट देवाही गोनाही नगरपालिका-१ करुनियाका अधिकारी दासका छोरा नन्दन दास र वृन्दावन नगरपालिका सिसवा धमौराका दुई अन्य यात्रु छन्। नन्दन दासको जीवित रहेको पुष्टि पूर्व मेयर धर्मेन्द्र पटेलले गरेका छन्।

बसमा सवार अन्य यात्रुहरूमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, र नन्दुजी रहेका छन्।

यो घटनामा समावेश भएको अर्को बस बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस हो, जसले वीरगन्जबाट काठमाडौं जाँदै गर्दा पहिरोमा परेर दुर्घटनामा परेको थियो।

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गरिरहेका यात्रुको सुरक्षामा गम्भीर समस्या उत्पन्न गरेको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ।

सिमलतालमा पहिरोका कारण बस बगेका घटनाले यात्रुहरूको सुरक्षाका लागि आवश्यक व्यवस्थापन र पहिरो नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू