Sunrise appliances
Homeमुख्य समाचारसौर्य जहाजमा सवार थिए १७ यात्रु , २ शव फेला

सौर्य जहाजमा सवार थिए १७ यात्रु , २ शव फेला

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार पोखरा उडेको जहाज धमावनमार्ग छाड्दा साथ दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य जारी रहेको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले सौर्य एयरको जहाज दुर्घटनामा परेको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।

प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो ।

जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १७ जनाको टोली लिएर जहाज पोखरा जान लागेको थियो । अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू