Sunrise appliances
Homeपालिका प्रतिनिधिकीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी शाक्य त्रिभुवन विश्वविद्यालयको अनुसन्धान आचरण समिक्षा बोर्डको सदस्य...

कीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी शाक्य त्रिभुवन विश्वविद्यालयको अनुसन्धान आचरण समिक्षा बोर्डको सदस्य नियुक्त

कीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी, त्रिभुवन विश्वविद्यालयको अनुसन्धान आचरण समिक्षा बोर्डको सदस्य नियुक्त हुनुभएको छ। गत ५ गते गरिएको औपचारिक घोषणा अनुसार, उहाँलाई अनुसन्धान अभ्यासहरूको मूल्यांकन र अनुगमन गर्ने बोर्डमा सदस्यको रूपमा नियुक्त गरिएको हो।

यो बोर्डले विश्वविद्यालय भित्र उच्चतम अनुसन्धान नैतिकता र अखण्डता सुनिश्चित गर्न काम गर्नेछ। बोर्डमा विभिन्न क्षेत्रका विशिष्ट पेशेवर र शैक्षिक व्यक्तिहरू समावेश छन्।

अनुसन्धान आचरण समिक्षा बोर्डको अध्यक्षको रूपमा प्रोफेसर डा। दीपक अर्याल नियुक्त भएका छन्, जो जल तथा मौसम विज्ञान केन्द्रिय विभाग, कीर्तिपुरका विभागीय प्रमुख हुन्। सदस्यको रूपमा प्रोफेसर डा। चिरञ्जिवी भट्टराई, डीन, शिक्षा संकाय, बल्खु छन्। प्रोफेसर डा। सुष्मा आचार्य, शिक्षाशास्त्र केन्द्रिय विभाग, कीर्तिपुर, प्रोफेसर डा। मोहनराज शर्मा, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज, र डा। मेघनाथ धिमाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, रामशाह पथ पनि सदस्य छन्। यसैगरी कीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी शाक्य, पनि सदस्य नियुक्त हुनुभएको छ।

यस बोर्डले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निर्देशनालयका अनुसुचित अनुसंधान निर्देशिका, नियमावली, कार्यविधि र प्रचलित कानुन अनुसार काम गर्नेछ। यसले विश्वविद्यालयमा गरिने अनुसन्धानको गुणस्तर र विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्रोफेसर डा। केशर जंग रायमाझीले नियुक्तिहरूलाई अनुमोदन गर्नुभएको छ। यो पहलले विश्वविद्यालयमा अनुसन्धान संस्कृति सुधार गर्न र अनुसन्धानमा नैतिक मान्यताहरू पालना गर्न मद्दत गर्नेछ, जसले शैक्षिक अनुसन्धानमा उत्कृष्टता प्रवर्द्धन गर्नेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू