Sunrise appliances
Homeमुख्य समाचाररास्वपा पहिलोपटक स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने, देशभर ३५ स्थानमा उम्मेदवारी प्रस्तुत...

रास्वपा पहिलोपटक स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने, देशभर ३५ स्थानमा उम्मेदवारी प्रस्तुत गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णयमा पुगेको छ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार देशभरका ३५ रिक्त स्थानीय तहमा रास्वपा उम्मेदवारी प्रस्तुत गर्ने तयारीमा छ।

प्रवक्ता झाले भने, ‘आजको बैठकले स्थानीय तह उपनिर्वाचनमा रास्वपाको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ। यो पार्टीको साझा सहमति हो। हामीले स्थानीय तहमा पनि पार्टीलाई मजबुत बनाउँदै संगठनात्मक संरचनालाई विस्तार गर्ने लक्ष्य राखेका छौं।’ यसअघि रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा मात्र सहभागिता जनाएको भए पनि यसपटक पहिलोपटक स्थानीय तहको निर्वाचनमा उत्रिँदैछ।

निर्वाचन आयोगले मंसिर तेस्रो साता ३५ रिक्त स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालका अनुसार सरकारसँगको परामर्शपछि निर्वाचन मिति तय हुनेछ। आयोगका अनुसार ३५ पालिकामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, र वडाअध्यक्षका पदहरू रिक्त छन्, जसमा उपनिर्वाचन गरिनेछ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पद रिक्त रहेको छ। नगर प्रमुख राजकुमार नकर्मीको ११ साउनमा निधन भएपछि उक्त पद खाली भएको हो। यसैगरी, जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पले उपप्रमुख सरिता सिंहलगायत ७० जनाभन्दा बढीको मृत्यु भएपछि उपप्रमुख पद रिक्त रहेको छ। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधनपछि त्यहाँ पनि उपनिर्वाचन गरिनेछ।

संविधानअनुसार जनप्रतिनिधिको पद राजीनामा, मृत्यु, वा पदावधि समाप्त भएपछि मात्रै रिक्त हुने व्यवस्था छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ र स्थानीय तह निर्वाचन ऐन २०७३ ले दल त्याग गरेमा पद स्वतः रिक्त हुने प्रावधान राखेको छ। यसरी, उपनिर्वाचनले स्थानीय तहमा रिक्तता पूर्ति गर्दै जनप्रतिनिधिहरूको अभावमा परेको प्रशासनिक समस्याको समाधान गर्नेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू