Sunrise appliances
Homeप्रदेशप्रदेश ३भरतपुरमा यात्रुबाहक बस दुर्घटना: १० जना घाइते, उद्धार कार्य जारी

भरतपुरमा यात्रुबाहक बस दुर्घटना: १० जना घाइते, उद्धार कार्य जारी

थानकोट । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

काठमाडौंतर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ ख १३३२ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडक किनारमा कोल्टे परेपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

हाल घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन्। घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

यात्रुहरू सुरक्षित रहेकोमा राहत महसुस भए पनि यस प्रकारका घटनाहरूले सडक सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता झनै बलियो बनेको छ।

तस्बिरः विनोद श्रेष्ठ

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू