Sunrise appliances
Homeदेशज अन्तरवार्तासुविन्द्र महर्जनको नेतृत्वमा वडा नं ३: ऐतिहासिक स्थल संरक्षणदेखि विकासका प्राथमिकतासम्म

सुविन्द्र महर्जनको नेतृत्वमा वडा नं ३: ऐतिहासिक स्थल संरक्षणदेखि विकासका प्राथमिकतासम्म

कीर्तिपुर ३, समल टोलका सुविन्द्र महर्जन सामाजिक र सांस्कृतिक क्षेत्रमा आफ्नो जीवनको प्रारम्भिक अवस्था देखि नै नेतृत्वदायी भूमिकामा रहेर क्रियाशील छन्। स्थानीय दाफा, धिमे खलः र परम्परागत विचाः गुठीको अध्यक्षको रुपमा उनले आफ्नो सामुदायिक योगदानलाई उच्चतम स्तरमा पुर्याए। नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता महर्जनले राजनीति क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै २०७९ सालको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारको रुपमा विजय हासिल गर्न सफल भए। दुई दशकपछि प्रजातान्त्रिक धारको यो ऐतिहासिक सफलता महर्जनको सुदृढ नेतृत्व र दूरदर्शी सोचको प्रतिफल हो। उनै सुबिन्द्र महर्जन सँगै देशज न्युज.कम ले गरेको कुराकानीको सम्पादित अंश :

१. वडा नं ३ को अध्यक्ष निर्वाचित भएपछि के कस्ता कार्यहरू गर्नुभयो?
निर्वाचनमा विजय प्राप्त भएपछि, मैले वडावासीहरूको सूचना अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न सूचनामार्फत जनतालाई सम्पर्कमा राख्न प्राथमिकता दिएको छु । हरेक कार्य सुचारु गर्दा, सूचनाको आदानप्रदानमा पारदर्शिता राख्नको लागि नागरिकलाई समेट्ने प्रयास गरिन्छ।

२) आफनो वडामा कुन–कुन योजनालाई प्राथमिकता दिनु भएको छ?
निर्वाचन पछि, पहिलो वर्षमा योजनासङ्ग्रत कार्य सम्पन्न गरी सागल, खासीवजार, ढल्पा जस्ता प्रमुख स्थानहरूमा केन्द्रित गरिएको छ। बजेटको अभावका कारण केही कार्यहरू ढिलो भइरहेको छ, तर वडामा रहेका ऐतिहासिक स्थलहरूको संरक्षण र व्यवस्थित गर्ने कार्य सफल भएको छ। साथै, हरेक टोलमा पाटीपौवा, बाटो र ढलका कामलाई प्राथमिकता दिइएको छ।

३. आगामी कार्यकालका मुख्य योजनाहरू के के छन्?
आगामी कार्यकालमा, प्रमुख योजनाहरूमा प्रतिजग्गा संरक्षण र व्यवस्थित गर्ने, अतिक्रमित जग्गाहरूको सीमांकन गरी संरक्षण गर्ने कार्यहरू सामेल छन्। साथै, चौपायाहरूले वनस्पति विनाश गर्ने समस्यालाई समाधान गर्न बार लगाउने योजना पनि छ। यी कार्यहरू बजेटको उपलब्धतासँगै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

४. निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरू कति पूरा भए र कति बाँकी छन्?
निर्वाचनको समयमा, हरेक टोलमा गई जनताका समस्याहरू सुनेर पूर्वाधार विकास र सामाजिक विकासका प्रतिवद्धताहरू गरेका थियौं। सार्वजनिक जग्गा संरक्षण, ऐतिहासिक पाटीपौवा निर्माण, र ढल निकासका कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन्। कतिपय बाँकी कामहरू बजेटको अभावका कारण अलि ढिलो भएको छ।

५. २ वर्षको जनप्रतिनिधिको रूपमा सेवा गर्दा के कस्ता समस्याहरू भोग्नुभयो?
जनप्रतिनिधिको रूपमा, विभिन्न समस्याहरू र जटिलताहरूको सामना गर्नुपरेको छ। तथापि, जिम्मेवारीलाई निष्पक्षता र प्राथमिकता दिई, पक्षपाती नगरी हरेक समस्याको समाधान गर्दै आएका छौं।

६. नगरपालिकाको कुनै विषयगत समितिको संयोजकको रूपमा कस्तो भूमिका निर्वाह गर्नुभएको छ?
मैले किर्तिपूर नगरपालिकाको आर्थिक समितिमा संयोजकको रूपमा कार्य गरेको छु। आर्थिक पक्ष नगरपालिकाको विकासको मूलाधार हो। नगरपालिकाका कर संकलनलाई प्रभावकारी बनाउन र संकलित रकमको उचित लगानी गरेर नगरको समग्र विकासमा योगदान र्पुयाउने प्रयास गरिएको छ।

७. आगामी कार्यकालका प्रमुख योजनाहरू के–के छन्?
आगामी कार्यकालमा, प्रमुख योजनाहरूमा आवश्यकतासँग मेल खाने र जनताको मागअनुसार चयन गरिएका योजनाहरूलाई प्राथमिकता दिइने छ। साथै, चिहान र शौचालय समस्यासँग सम्बन्धित योजना र संयुक्त काठ गोदाम निर्माणको योजना साथै वातावरण मैत्री विद्युतीय शवदाहका लागी अनुसन्धान लगायतका कुराहरु समावेश छ । हाल आर्थिक अभावका कारण यी योजनाहरू अघि बढाउन कठिनाइ भएको छ, तर बजेटको उपलब्धतासँगै कार्यलाई गति दिने योजना रहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू