Luniva Global
Homeपालिका प्रतिनिधिनवलपुरमा वडाध्यक्ष अहमद मियाको असामयिक निधन

नवलपुरमा वडाध्यक्ष अहमद मियाको असामयिक निधन

नवलपुर – कावासोती नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार असामयिक निधन भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार नेकपा एमालेद्वारा गैंडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला उनी अचेत भएका थिए।

युवासंघ नवलपुरको १०औं अधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य दिएका वडाध्यक्ष मिया कुर्सीमा बसिरहेका अवस्थामा अकस्मात बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि चितवनस्थित अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

३६ वर्षीय वडाध्यक्ष मिया नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि थिए। उच्च रक्तचापका बिरामी रहेका उनको हृदयाघातका कारण निधन भएको प्रारम्भिक रिपोर्टले देखाएको छ। उनकाे असामयिक निधनले स्थानीय राजनीति तथा समुदायमा शोक छाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू