Luniva Global
Homeमुख्य समाचारओडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि, न्यायको माग गर्दै विरोध चर्किंदै

ओडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि, न्यायको माग गर्दै विरोध चर्किंदै

भैरहवा, फागुन ८– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि बुधबार मध्यरातमा सम्पन्न गरिएको छ।

प्रकृतिको पार्थिव शरीर ओडिसाको भुवनेश्वरबाट गोरखपुर हुँदै भैरहवा ल्याइएको थियो। उनका अभिभावक ढिलो आइपुगेकाले शव केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवामा राखिएको थियो। श्रद्धाञ्जलीपछि शवलाई सिद्धार्थनगर नगरपालिका-८ स्थित उनको निवासमा लगिएको थियो, जहाँ ठूलो संख्यामा शोकाकुल नागरिकको उपस्थिति रहेको थियो।

राति करिब ११ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको थियो। अन्त्येष्टिमा परिवारजन, आफन्त, स्थानीयवासी तथा सहपाठीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। २१ वर्षीया प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए।

गत आइतबार साँझ केआईआईटीको छात्रावासमा प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका आधारमा कलेजकै सहपाठी युवकको मानसिक यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको आशंका गरिएको छ। भारतीय प्रहरीले ती युवकलाई नियन्त्रणमा लिई घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ।

प्रकृतिको दुःखद निधनपछि केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षित महसुस गर्दै स्वदेश फर्किन थालेका छन्। घटनाप्रति नेपाली विद्यार्थी, अभिभावक तथा नागरिक समाजमा व्यापक आक्रोश देखिएको छ।

पीडित परिवारले छोरीको आत्महत्या मात्रै नभई योजनाबद्ध मानसिक यातना भएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। नेपाली कूटनीतिक निकायले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन पहल थाल्नुपर्ने माग उठिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू