Sunrise appliances
Homeशिक्षाशिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

तुलसीपुर दाङ, ३ कात्तिक ः नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उहाँले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिनुभयो । “सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने ।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

उनका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन् । हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् । प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए । रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू