Sunrise appliances
Homeप्रदेशप्रदेश ४विद्यालयलाई एक करोड सहयोग जुट्यो

विद्यालयलाई एक करोड सहयोग जुट्यो

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका- ४ सिंगास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ। दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनःमिलन अभियानमार्फत् सो रकम संकलन भएको हो।

विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणि सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए।

संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए। गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सात जनाबाट सहयोग प्राप्त भएको छ। बेनी नगरपालिका- ४ बास्कुना घर भई हाल न्युजील्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु. २५ लाख सहयोग गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू