Sunrise appliances
Homeप्रदेशप्रदेश ६मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

मुगुमै हुने भयो बौद्ध शिक्षा पढाइ

मुगु : जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङपुकमा निर्मित गुम्बामा बौद्ध शिक्षा पढाइ हुने भएको छ।मुगुम कार्मारोङ गाउँपालिकाको ९ वटा वडाको १७ बस्तीमा लामा समुदायको बसोबास रहेको छ। यी गाउँबाट बर्सेनि सयौंको संख्यामा लामा शिक्षा पढ्नका लागि आफ्ना बालबालिकालाई काठमाडौंलगायत देशका विभिन्न स्थान र भारत सम्म लिन थालेपछि आधारभूत तहसम्मको बौद्ध शिक्षा सोही गाउँपालिका–३ चेजाङपुकमा निर्मित गुम्बामा बौद्ध शिक्षा पढाइ हुने भएको हो।

मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङपुकमा र रिम्बोच्चे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्बोच्चे खाण्डो पेमा छोईडेलको आर्थिक सहयोगमा निर्मित ओर्गेन ढोदुल लिङ गुम्बाको उद्घाटन र १०औं कर्मारोङ सिद्धि धोङढुब पूजाको कार्यक्रममा उक्त गुम्बाबाट जिल्लामै पहिलो पटक आधारभूत तहको बौद्ध शिक्षा पढाइ हुने भएको छ।

यो गाउँपालिका बाट बर्सेनि बौद्ध शिक्षा अध्ययनका लागि ५० देखि १ सयसम्म लामा समुमदायका बालबालिका काठमाडौं लगायत देशका अन्य जिल्ला र भारतसम्म पुग्ने भएकाले आधारभूत तहसम्मको अध्यापन यही गुम्बाबाट हुने उक्त गुम्बाका अध्यक्ष खेन्बो कार्मा राप्केले बताए।

सात वर्ष अगाडिबाट निर्माण सुरु भई निर्माण कार्य सम्पन्न भईसकेपछि गुम्बाको निर्माण लगायत अन्य कार्यमा आर्थिक सहयोग गरेका रेम्वोच्चेले यही गुम्बाबाट बौद्ध शिक्षा समेत पढाइ गर्ने भएपछि मुगुम कार्मारोङगाउँ पालिकाका सर्वसाधारण आफ्ना बालबालिकालाई गाउँ नजिकै पढाउन पाउने भएपछि सारै हर्षित भएको सोही स्थानीय दाक्पा तामङले बताए।

बौद्ध शिक्षालाई राज्यले कुनै पनि व्यवस्था नगरीरहेका बेला मुगुम कार्मारोङ गाउँपालिका जस्तो दुुर्गम स्थानमा बौद्ध शिक्षा पढाइ हुनु सारै गर्वको कुरा भएको छ। चन्दा संकलन गरेर होस या आफ्नै लगानीमा रिम्पोचे गुरुले यो गाउँपालिकाका लागि ठूलो सहयोग गरेको सोही गाउँपालिका–६ की इटोल तामाङले बताइन्।

मुगुम कार्मारोङ गाउँपालिका बौद्ध धर्मालम्बीहरूको बसोबास रहेको क्षेत्र भए पनि राज्यका कुनै पनि निकायबाट बौद्ध शिक्षाको संरक्षणमा हुन सकेको छैन।

बर्सेनि सयौंको संख्यामा यहाँबाट बालबालिका जिल्ला बाहिर र भारत सम्म पुग्न थालेपछि आगमी दिनमा आधारभूत शिक्षा गाउँ नजिकै यो गुम्बामा पढ्ने वातावरण बनाउन राज्यका सबै निकायको उत्तिकै दायित्व रहेको यहाँका धर्म गुरुहरू बताउँदै आएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू