Sunrise appliances
Homeजिवन शैलीजाडो मौसममा पनि किन बढ्दैछ डेंगु सङ्क्रमण ?

जाडो मौसममा पनि किन बढ्दैछ डेंगु सङ्क्रमण ?

काठमाडौँ । जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण ९टिचिङ० अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४२ हजार ४११ पुगेको छ

गत पुस महिना यता डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भइसकेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले पछिल्ला वर्ष जलवायु परिर्वतनसँगै डेंगु सार्ने लामखुट्टेले पनि वातावरण अनुकुल आफूलाई परिवर्तन गर्दै गएकाले हिमाल, पहाड अनि चिसो मौसममा पनि सक्रिय भएको सुनाउँछन् ।
डेंगु सार्ने लामखुट्टे १० देखि २५ डिग्री सेल्सियससम्म बाँच्न सक्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम बढेसँगै लामखुट्टेका लागि प्रजनन् गर्ने वातावरण बन्दै गएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू