Sunrise appliances
Homeकाठमाडौंचतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न (तस्बिरहरु)

चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न (तस्बिरहरु)

काठमाडौं । स्वयम्भुमा ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ ।

विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज (सोमबार ) बौद्ध परम्परा अनुसार ८४ हजार सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य परिसरमा रहेका अन्य मन्दिर, गुम्बा, चैत्य र देवदेवीको मूर्तिमा ८४ हजार सयपत्री फूलको माला चढाइएको हो ।

नमूना बुद्ध-बिहार, विष्णुमतिले आयोजना गरेको पूजामा अखिल नेपाल भिक्षु महासंघ तर्फबाट ८४ प्रकारका व्यञ्जनसहित बुद्ध पूजा, पञ्चशील प्रदान र धम्मदेशना गरिएको थियो । तथागत भगवान बुद्धबाट ८४ हजार धम्मस्खन्ध देशना गर्नुभएका कारण ८४ हजार फूल वा फूलको मालासहित बुद्ध पूजा गर्ने परम्परा रहेको छ । कोरोना र डेंगु महामारी अन्त्यका लागि विश्व शान्तिको कामना गर्दे सामूहिक परित्राण पाठ समेत गरिएको थियो ।

सोमबार नै तथागत बुद्धको मुख्य शिष्य सारिपुत्रको परिनिर्वाण दिवस पनि नेपाल लगायत विभिन्न बौद्ध देशहरूमा मनाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू