किर्तिपुरको लायकु दरबार परिसरमा नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे नाचपर्व २ दिन सम्म देखाइँदै छ । देवी नाचमा भैरव, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण समावेश हुन्छन्। आज करिब ५ बजे चिठु बाट देवीनाचको सवारी गराई करिब राती ८ बजे सम्ममा लायकु डबलीमा प्रवेश गराइने छ ।
डबलीमा प्रवेश गराएपछि करिब ९ बजे देखि रातीको १ बजे सम्मको पहिलो चरणको देवीनाच प्रर्दशन सम्पन्न गरी विश्राम गराइने समितिले जनाएको छ ।