Sunrise appliances
Homeकाठमाडौंवागमती सभ्यता तथा वातावरण संरक्षण समाजमा नयाँ कार्यसमिति चयन

वागमती सभ्यता तथा वातावरण संरक्षण समाजमा नयाँ कार्यसमिति चयन

काठमाडाैं उपत्यकाकाे सुन्दरीजलदेखि सुन्दरीघाट क्षेत्रसम्मकाे वागमती नदीसंग सराेकार राख्ने काठमाडाैं, ललितपुर र कीर्तिपुर नगरपालिकाका १९ वटा वडाका प्रतिनिधिहरूकाे साझा सञ्जाल वागमती सभ्यता तथा वातावरण संरक्षण समाजकाे प्रथम वार्षिक साधारणसभा हिजाे माघ ६ गते शनिवार सम्पन्न भयाे ।

साधारणसभाले सदिक्षा कार्कीकाे नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । कार्यसमितिकाे उपाध्यक्षमा संसारलाल वैद्य, महासचिवमा गाेविन्दप्रसाद अाचार्य, सचिवमा अञ्जु कारञ्जित र काेषाध्यक्षमा विरेन्द्र शाक्य चयन भएकाे जनाएकाे छ । त्यस्तै सदस्यहरूमा प्रविण महर्जन, विदुर राज उप्रेती, यमलाल गौतम, सुरेश थापा मगर, लक्ष्मी कमल ताम्राकार र रमेश कुमार महर्जन रहेका छन् ।

तसर्थ समितिका अध्यक्ष माेहन पराजुलीकाे सभाध्यक्षतामा सम्पन्न सभाकाे उदघाटन सत्रमा पुस्तक विमोचन गर्दै उपत्यका सञ्चालित बागमती सफाई महाअभियान, विष्णुमति सफाई अभियान, रुद्रमति सफाई अभियान, मनोहरा सरसफाई तथा सम्पदा बचाउ अभियान, चक्रपथ पश्चिम खण्ड सफाइ अभियान, चक्रपथ उत्तर खण्ड सफाइ अभियान, गोदावरी खोला सफाई अभियान, ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियान, राष्ट्रको लागि दुई घन्टा अभियान भक्तपुर र नेवाः लहना सरसफाई अभियान लगायतका अभियानहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू