Sunrise appliances
Homeकाठमाडौंबैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २१ माघ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् । काभ्रेपलान्चोक बनेपा नगरपालिका-६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई शनिबार प्रहरीले पक्राउ
गरेको हाे । साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले
काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू