Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा शुरु

चन्द्रागिरि नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा शुरु

चन्द्रागिरि नगरपालिकाले एकीकृत घुम्ती शिविर कार्यक्रम सुरु गरेकाे छ । चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर सेवा प्रदान गर्ने यो कार्यक्रम सन्चालनमा ल्याएको हो ।यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण रहेका छन्। विशेष गरी नगरपालिका तथा वडा कार्यालयको भौगोलिक पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१ दहचोकस्थित इन्द्रज्योती आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो।

नगरपालिका तथा वडा कार्यालयको भौगोलिक पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रवाह गर्ने नीति नगरपालिकाको रहेको छ। कार्यक्रममा नगर प्रमुख श्री घनश्याम गिरी, नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडाध्यक्ष हरिश्याम रानामगर, जनप्रतिनिधिज्यूहरु लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। यस्ता एकीकृत घुम्ती शिविर कार्यक्रमवाट नगरवासीले सहज रुपमा आधारभूत सेवा प्राप्त गर्ने सक्ने छन् । आगामी दिनमा अन्य वडाहरुमा समेत घुम्ती शिविर मार्फत सेवा प्रवाह दिने लक्ष्य राखिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू