Sunrise appliances
Homeकाठमाडौंझोलुंगे पुलबाट फाल हाली देह त्यागे चिरञ्जीविले

झोलुंगे पुलबाट फाल हाली देह त्यागे चिरञ्जीविले

किर्तिपुर स्थित चोभार जल बिनायक पुलमुनि एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । पुलमुनि ढुङ्गामा एक ब्यक्ति घोप्टो परेको देखेपछि स्थानीयले  कीर्तिपुर प्रहरीलाई खबर गरेको थियोे। कीर्तिपुर प्रहरी प्रमुख डिएसपी राजु लामाको टोली पुलमुनि मन्जुश्री गल्छिको चट्टानमा बज्रेको देखिने शव भएको स्थानमा पुगी सनाखतका लागि खोजी सुरु गरे । टाउकोको देब्रे भाग चट्टानमा ठोक्किएको र बगेको रगत जमेको अवस्था र देब्रे हात कुहिनामा भाँच्चिएर जिउले थिचेको अवस्थामा उनको शव फेला परेकाे हाे । प्रहरी टोलीले ट्राउजरको पछाडीको गोजीमा केहि भएको हुनसक्ने आंकलन गरि हेर्दा केहि रकम र स्वास्थ्य उपचारका कागजात फेला पारेका थिए ।

कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा जारी स्वास्थ्योपचार सिफारिस पत्रबाट  उनकाे परिचय पत्ता लागेकाे हाे । उनी कीर्तिपुर १ बस्ने वर्ष ५७ का चिरञ्जीवि शर्मा थिए । उनी हिजो आईतवार दिउँसोदेखि घर परिवारबाट सम्पर्कबिहिन बनेका थिए । उनका छाेरा  बुबाको खोजीमा  घटनास्थलमा आईपुगेका थिए  ।
स्थानीय र जनप्रतिनिधिको सहयोगमा शवलाई पोष्टमार्टमका लागि घटनास्थलबाट लगिएकाे छ ।

सुगर र प्रेसरका बिरामी  चिरञ्जीवि दैनिक चोभार घुम्न जाने गरेको र सम्पर्क बिहिन बनेपछि यतै भेटिनसक्ने सम्भावनाले आएको ३३ वर्षीय छाेरा नविनले बताए । मृतकको परिवार नवलपुर मध्यविन्दु नगरपालिका १५ घर भई कीर्तिपुर २ शितल नगर बस्दै आएको खुलेको छ । प्रहरीले मृतकको कपडा खोली हेर्दा ज्याकेटभित्र पँहेलो नाइलनको डोरी फेला परेपछि आत्महत्या गर्ने मनस्थितिलेनै हिँडेको पुष्टि भएको डिएसपी राजु लामाले बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू