Sunrise appliances
Homeकाठमाडौंत्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ३ जनाको नाम सिफारिस गरिने

त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ३ जनाको नाम सिफारिस गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो । त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको छ। 

अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सर्टलिष्टमा परेकाहरूको सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ताको बोलाइएको हो। 

अन्तर्वार्ताका लागि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियालाई बिहान साढे ८ बजे बोलाइएको छ ।

त्यस्तै दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापालाई अन्तर्वार्ताको लागि बोलाइएको छ। 

अन्तर्वार्तापछि समितिले सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको उपकुलपतिनियुक्तका लागि कुलपति समक्ष सिफारिस गर्नेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू