Sunrise appliances
Homeकाठमाडौंबुढानीलकण्ठ-१३ को करिब ३०० रोपनी सार्वजनिक जग्गा, अधिकांश अतिक्रमित

बुढानीलकण्ठ-१३ को करिब ३०० रोपनी सार्वजनिक जग्गा, अधिकांश अतिक्रमित

काठमाडौं । बुढानीलकण्ठमा कति सार्वजनिक जग्गा छ ? तथा त्यसको अबस्थामा बारे अझैँ अध्ययन हुन सकेको छैन । सार्वजनिक जमिन व्यापकरूपमा दुरूपयोग भएको काठमाडौँका नगरपालिकामध्ये बुढानीलकण्ठ नगरपालिका माथिल्लो श्रेणीमा पर्दछ । बुढानीलकण्ठ नगरपालिका बन्नुअघिका साविक गाविस हुँदैमा जनप्रतिनिधिको मिलोमतो सार्वजनिक जमिनको व्यापक दुरूपयोग भएको तथ्य लुकाएर लुक्न सक्ने अबस्था छैन । अधिकांश पूर्व जनप्रतिनिधिको निजी सम्पत्तिसँग सार्वजनिक जमिनको किस्साले छुनुले पनि बुढानीलकण्ठमा व्यापकरूपमा सार्वजनिक जमिन दुरूपयोग भएको मान्न सकिन्छ ।

हाल बुढानीलकण्ठ नगरपालिकाका मेयर रहेको मिठाराम अधिकारी हुन् वा पूर्व मेयर उद्धव खरेल उनीहरूलाइ सार्वजनिक जमिनको राजनीतिक, आर्थिक तथा व्यक्तिगत दुरूपयोगको विषय छुने गरेको छ । हाल मेयर रहेका मिठाराम अधिकारीले खोला नै पुरेर सड़क बनाउनेजस्ता काममा संलग्नमात्र नभै जग्गाको कारोबारी भएका कारण प्लटिङका नाममा सार्वजनिक जमिनलाइ सडकमा पारेर निजी जमिनलाइ फाइदा पुर्याएका दर्जनौँ शीर्षकहरू कपनभरी छरप्रष्ट छन्। मेयर अधिकारी बस्ने घर नै सार्वजनिक खोलमा परेको छ भनेर कुरा उठिरहँदा उनले सामाजिक मर्यादा र उत्तरदायित्व अनुभूति गर्दै घर तथा खोला नापजाँच गर्ने नैतिकता देखाउन सकेका छैनन् ।

त्यसैगरी पूर्व मेयर उद्धव खरेलमाथि पनि गाविस अध्यक्ष भएका कारण राजनीतिक लाभका लागि जग्गा बाँड्ने काममात्र नभै स्वयम् आफूले पनि सार्वजनिक जमिन मिचेको आरोप लागिरहेको छ । उनकै पालामा ल्यारकाल लामालाइ सार्वजनिक जग्गा उपभोग गर्न दिइएको थिए । पटक-पटक यो विषय उठे पनि उनले मेयर छैन्जेल सार्वजनिक जमिन बचाउन कुनै पहल गरेका थिएनन् । मेयरबाट हटेपछि भने वडा नं ८ को २७ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न पर्छ भनेर सामाजिक सन्जालमा आवाज उठाएका थिए ।

यो समाचारको चुरो बुढानीलकण्ठ १३ हो । हाल पनि सबैभन्दा धेरै सार्वजनिक जमिन रहेको यो वडामा सार्वजनिक जमिनको व्यापक दुरूपयोग भैरहेको नांगो आँखाले देख्न सकिन्छ । खोला मासेर बालुवा प्रशोधन केन्द्र खोल्न स्वीकृति दिएका पूर्व मेयर उद्धव खरेलले बालुवा प्रशोधन केन्द्र रोक्न गरेको अनेक प्रयासलाइ निस्तेज गरेको यस वडामा करिब ३०० रोपनी सार्वजिनक जमिन अतिक्रमणको चपेटामा परेको देखिन्छ । हाल मेयर रहेका मिठाराम अधिकारीले अझसम्म सार्वजनिक जग्गाका विषयमा कुनै पनि कुरा उठानसम्म गरेका छैनन् । खोला मासिने तथा पुरिने क्रम बुढानीलकण्ठ तथा चुनिखेलमा जारी रहेको छ।

बुढानीलकण्ठ १३ मा सार्वजनिक जमिन अतिक्रमण गर्नेहरूमा व्यक्तिदेखि समुदाय सबै रहेको देखिन्छन् । यस वडामा ४ दर्जनभन्दा धेरै थान सार्वजनिक जमिन रहेको तथा ती सबै कहिँकतै अतिक्रमणको शिकार भएको देखिन्छ । केही सार्वजनिक जमिनलाइ व्यक्तिहरूले आफ्नो बनाइसकेका छन् भन केही अतिक्रमण गरेर बसेको तर आफ्नो नाममा ल्याउन भने नसकेको देखिन्छ ।

केही गर्न आशा अपेक्षा गरिएका युवा वडाध्यक्ष हालका वडाध्यक्ष टिकेश श्रेष्ठले पनि सार्वजनिक जमिनको सबालमा प्रश्न नउठ्ने केही गर्न सकेका छैनन् । चुनिखेलमा बालुवा प्रशोधनको विषयसमेत अझै जारी रहेकाले स्थानीय जनप्रतिनिधि भूमि मिचुवा तथा भूमाफियासँग डराएर बस्ने गरेको प्रष्टिन्छ । चुनावी जोडघटाउमा तलमाथि पर्छ भनेर पनि कतिपय व्यक्तिले मिचेको जमिनमाथि स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलहरू नजरअन्दाज गर्ने गरेका छन् । सार्वजनिक जमिन बचाउने विषयमा काठमाडौँ खबरले नियमितरूपमा आफ्ना समाचार तथा लेखहरूले सर्वसाधरणलाइ सुसुचित गर्ने गरेको छ ।

आज हामी चुनिखेलमा अतिक्रमण परिरहेको तर स्थानीय जनप्रतिनिधि एवम् राजनीतिक दलहरूको संरक्षणमा केही कारबाही हुन नसकेको केही कित्ताहरू सार्वजनिक गर्दैछौँ । यसका बारेमा स्थानीय जनप्रतिनिधिसँग पनि कुरा गरेर सार्वजनिक जमिनको बचाउन पत्रकारिताको तर्फबाट हुने सामाजिक उत्तरदायित्वमा सक्रिय रहनेछौँ ।

चुनिखेल १ क कित्ता नं १९७ः (क्षेत्रफल ४ रोपनी छ आना)
चुनिखेल ३ क कित्ता नं २३८ः (क्षेत्रफल १५ रोपनी २ आना)
चुनिखेल २ क कित्ता नं १ (क्षेत्रफल ३ रोपनी १० आना)
चुनिखेल ४ क कित्ता नं १४६ (क्षेत्रफल ६ रोपनी १० आना)
चुनिखेल ४ क कित्ता न २२७ (क्षेत्रफल ४ रोपनी ३ आना)
चुनिखेल ४ क कित्ता नं १७१ (क्षेत्रफल २ रोपनी)
चुनिखेल ५ क कित्ता नं ४५ क्षेत्रफल (१५ रोपनी ४ आना २ पैसा)
चुनिखेल ५ क कित्ता नं १२८ (क्षेत्रफल ४ रोपनी)
चुनिखेल ५ क कित्ता नं १२७ (क्षेत्रफल ८ आना)
चुनिखेल ५ क कित्ता नं १३३ (क्षेत्रफल ७ रोपनी)
चुनिखेल ५ क् कित्ता नं ५८ (क्षेत्रफल १ रोपनी ७ आना)
चुनिखेल ५ ख कित्ता नं १ (क्षेत्रफल १ रोपनी २ आना)
चुनिखेल ६ छ कित्ता नं २८७( क्षेत्रफल ७ रोपनी ११ आना ३ पैसा)
चुनिखेल ७ ख कित्ता नं ३५ (क्षेत्रफल ३ रोपनी)
चुनिखेल ७ ख कित्ता नं ३२ क्षेत्रफल (३ रोपनी १० आना)

(यीबाहेक पनि थुप्रै सार्वजनिक जमिन अतिक्रमममा परेका छन् । सामुदायिक वनका जमिनसमेत यहाँ अतिक्रमणमा परेको देखिन्छ)

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू