Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा २४ वर्षीय चालकको मृत्यु

कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा २४ वर्षीय चालकको मृत्यु

कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकाे एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा. प्र.०२–०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू