Sunrise appliances
Homeकाठमाडौंदिगो विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा

दिगो विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा

काठमाडौँ, ८ फागुन : दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्नुभएको छ ।

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराईलगायत सहभागी हुनुहुन्छ ।

आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने उक्त कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा हुने आयोगले जनाएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू