Sunrise appliances
Homeकाठमाडौंवायुको गुणस्तर सुधारका लागि हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु

वायुको गुणस्तर सुधारका लागि हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप गर्नु अभियानमा हुनेछन् ।’ कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन], ‘काठमाडौँको सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्‍याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्धन गर्ने यसको लक्ष्य हो ।’

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू